काठमाडौं । मंसिर २९ गते नेपाल स्टक एक्सचेञ्जले चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभंश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम भएको छ ।