७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सुनको मूल्य निरन्तर उकालो लाग्दै ९१ हजार रुपैयाँ पुग्यो, चाँदीको मूल्य २ दिन स्थिर

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको छ