२४ भदौ २०८३, बुधबार

समाज

यो झोलुङ्गे पुलको नामकरण गर्नेलाई रु २५ हजार

काठमाडौं । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो ९५६७ मिटर झोलुङ्गे पुलको नामकरण गर्नका लागि २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुलको शनिबार उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक÷व्यक्तिलाई पुरस्कारस्वरुप रु २५ हजार प्रदान