काठमाडौं । बागमती प्रदेशले कोरोना भाईरस संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बिश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश