२० भदौ २०८३, शनिबार

प्रविधि

टिकटकले जेन जी आन्दोलनसहितका ‘२८ लाख भिडिओ’ हटायो

सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को तेस्रो त्रैमासिकमा आफ्ना मापदण्डविपरीत नेपालबाट प्रेषित २८ लाख भिडिओ हटाइएको जनाएको छ। उक्त कम्पनीले बिहीवार सार्वजनिक गर्न लागेको पछिल्लो त्रैमासिक रिपोर्टअनुसार सन् २०२५ को जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा सो सङ्ख्यामा नेपालका भिडिओहरू हटाइएको हो। टिकटकले प्रत्येक तीन महिनामा ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समन्ट रिपोर्ट’ प्रकाशित गर्ने गरेको