काठमाडौँ । भारतीय अर्बपति सुनील भारती मित्तलको समूहले ब्रिटिश टेलिकम (बीटी)को एक चौथाई हिस्सेदारी किन्ने भएको छ । भारती इन्टरप्राइजेजले सोमबार जनाए अनुसार उसको अन्तरराष्ट्रिय लगानी व्यवस्थापन गर्ने शाखामार्फत् उक्त सेयर किन्न लागेको हो । बीटीमा रहेका अमेरिकी दूरसञ्चार कम्पनी अल्टिसको स्वामित्व भारतीले खरीद गर्न लागेको समाचारहरुमा जनाइएको छ ।