काठमाडौँ । भूतपूर्व गोर्खा सैनिकका सन्तानहरूलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानुन व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बेलायतको लन्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेस्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आउनु भएका थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतले