सूर्या लाइफको सीईओमा पवन खड्का नियुक्ती गर्न स्वीकृति लागी पठायो बीमा समिति « Arthapath.com
१३ जेष्ठ २०७८, बिहीबार

सूर्या लाइफको सीईओमा पवन खड्का नियुक्ती गर्न स्वीकृति लागी पठायो बीमा समिति



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

कम्पनीले सीईओमा खड्काको नाम बीमा समितिमा पेश गरेको छ । बीमा समितिको स्वीकृतिको लागी पत्र पठाएको छ । बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै खड्का कम्पनीको सिइओमा नियुक्ती हुनेछन् ।

खड्काले बेलायत बोर्डबाट चार्टर्ड एकान्टेण्टमा अध्ययन गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेको अनुभव रहेका खड्कासँग बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्