नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल अगाडी, हिमालयन, एलआइसी र सूर्यज्योतिबीच प्रतिस्पर्धा « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल अगाडी, हिमालयन, एलआइसी र सूर्यज्योतिबीच प्रतिस्पर्धा



काठमाडौं । जीवन बीमा कम्पनीहरुले आठ महिनामा साढे १८ अर्ब बराबरको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि फागुनसम्ममा १४ जीवन बीमा कम्पनीहरुले १८ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । फागुनमा मात्रै कम्पनीहरुले २ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ बराबरको नयाँ व्यावसाय भित्र्याएका हुन् ।

चालु आवको आठ महिनामा कम्पनीहरुले भने कुल ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । त्यसमध्ये ७९ अर्ब ८६ लाख ५५ हजार रुपैयाँ भने नविकरण मार्फत बीमा शुल्क उठेको छ । समिक्षा अवधिमा कुल सक्रिय रहेको बीमालेखको संख्या भने १ करोड ३७ लाख ८० हजार २ रहेको छ ।

नयाँ व्यवसायमा पनि नेपाल लाइफकै वर्चस्व कायम छ । कम्पनीले आठ महिनामा ४ अर्ब २४ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । फागुनमा मात्रै कम्पनीले ५६ करोड ४३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ ।

दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि २ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । एक महिनामै नेशनलले ५० करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नयाँ व्यवसाय भित्र्याउन हिमालयन, एलआइसी र सूर्यज्योति लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ । यी कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन लगभग बराबरी जस्तो छ ।

चालु आवको आठ महिनामा हिमालयन लाइफले १ अर्ब ३९ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले पनि १ अर्ब ३५ करोड ३३ लाख र सूर्यज्योति लाइफले १ अर्ब ३४ करोड ४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । फागुन महिनामा मात्रै यी तीनै वटा कम्पनीहरुको प्रथम बीमा शुल्क क्रमशः १९ करोड १४ लाख, १५ करोड ४५ लाख र १८ करोड ७६ लाख रुपैयाँ छ ।

समिक्षा अवधिमा नयाँ व्यवसायमा सिटिजन र एशियन लाइफको पनि अर्ब क्लबमा छ । समिक्षा अवधिमा सिटिजन लाइफले १ अर्ब ९ करोड २० लाख रुपैयाँ र एशियनले १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । फागुनमा मात्रै यी दुई कम्पनीले क्रमशः १३ करोड ५६ लाख र १५ करोड ३२ लाख रुपैयाँ प्रथम बीमा शुल्क उठाएका छन् ।

यस्तै, नयाँ व्यवसायको आधारमा सानिमा रिलायन्स भने आठौं सूचीमा छ । कम्पनीले ९८ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यता, सन नेपालले ८७ करोड ५३ लाख आइएमई लाइफले ८७ करोड ५९ लाख रिलायवल नेपालले ८५ करोड ४२ लाख र मेट लाइफले ८२ करोड ३२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

आठ महिनामा प्रभु महालक्ष्मी लाइफले ५३ करोड २३ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ३९ करोड २ लाख रुपैयाँ प्रथम बीमा शुल्क उठाएका छन् ।


प्रतिक्रिया दिनुहोस्