महुली लघुवित्तले नवकिरणलाई गाभेपछि एकिकृत कारोबार सुरु « Arthapath.com
८ मंसिर २०७७, सोमबार

महुली लघुवित्तले नवकिरणलाई गाभेपछि एकिकृत कारोबार सुरु



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले नवकिरण लघुवित्त वित्तीय संस्था गाभेपछि एकीकृत कारोबार सुरु गरेको छ । महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट मंसीर ८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकले अन्तिम स्वीकृती दिएको थियो । गत भादै ९ गते महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था आपसमा मर्जर सम्बन्धि निर्णय गरेको थियो ।

राष्ट्र बैंकले भने कार्तिक १९ गते मर्जरको लागि स्वीकृती दिएको हो । मर्जर स्वीकृत पंश्चात संचालक समितिको निर्णय बमोजिम महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट संस्थाको मंसिर ०८ गते सोमबारबाट एकिकृत कारोबार हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्