मंसिर १७ गतेदेखि चन्द्रागिरी हिल्सको आइपीओ बिक्री खुल्ने « Arthapath.com
१० मंसिर २०७७, बुधबार

मंसिर १७ गतेदेखि चन्द्रागिरी हिल्सको आइपीओ बिक्री खुल्ने



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानियलाई जारी गर्ने छ । कम्पनीले ३ लाख ६ हजार ८१९ कित्ता प्रति सेयर निष्काशन गर्ने भएको हो ।

आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७, साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७,८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउने भएका छन् ।

त्यस्तै, कमपनीले दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८,४०,९१० कित्ता सेयर रु १८ करोड ४० लाख बराबरको आईपिओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

निष्काशन बन्द छिटोमा षौष १ गते र ढिलोमा षौष १६ गते हुनेछ । कम्पनीले रु १०० रुपैयाका दरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिएको छ । विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ । आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८५ सेयर संस्थापकहरुको रहनेछ ।


प्रतिक्रिया दिनुहोस्