करिब ३३ करोडको आईपीओ आउँदै, निष्कासन गर्न अनुमति माग्दै ३ कम्पनी बोर्डको ढोकामा « Arthapath.com
२६ फाल्गुन २०७७, बुधबार

करिब ३३ करोडको आईपीओ आउँदै, निष्कासन गर्न अनुमति माग्दै ३ कम्पनी बोर्डको ढोकामा



काठमाडौं । विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले कुल ३२ लाख ६६ हजार कित्ता आईपीओ निष्काशनको माग गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते, शुक्रबार सेबोनमा निवेदन पेश गरेको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले ९ करोड रूपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २० गते, बिहीबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्