समृद्धि फाइनान्सले अषाढ ३ गतेदेखि १३ लाख ८० हजार ७१८ कित्ता शेयर बिक्री गर्ने « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

समृद्धि फाइनान्सले अषाढ ३ गतेदेखि १३ लाख ८० हजार ७१८ कित्ता शेयर बिक्री गर्ने



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बोलकबोलद्वारा शेयर बिक्री गर्ने भएको छ । समृद्धि फाइनान्सको अवितरित १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो । यसअघि वि.स. २०७७ मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बोलपत्र आव्हान गरिएको संस्थापक समूहको लागि १३ लाख ८० हजार ७१८ कित्ता शेयरमा आवेदन नपरेकाले पुनः बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको उक्त शेयर अषाढ ३ गतेदेखि अषाढ १० गतेसम्म बिक्री खुला गरिनेछ ।

शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिओके क्यापिटल, एलआइसी बिल्डीङ्ग नक्साल काठमाडौं र बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरु मेनरोड बिराटनगर, भद्रपुर रोड बिर्तामोड, आर्दशनगर बीरगंज, स्टेशनरोड जनकपुर धनुषा, मेनरोड हेटौडा, लायस बिल्डिङ्ग लायस चोक नारायणघाट, न्युरोड पोखरा, दुर्गा मन्दिर लाईन ट्राफिक चोक बुटवल, बाग्लुङ, नयाँ सडक घोराही, धम्बोजी, सुर्खेत रोड नेपालगंज, विरेन्द्रचोक विरेन्द्रनगर सुर्खेत, मेनरोड चौरहा धनगढी, समृद्धि फाइनान्स कम्पनी केंद्रीय कार्यालय हेटौडा, शाखा कार्यालय पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट र ज्योति विकास बैंक भिमदत्त नगरपालिका ४ महेन्द्रनगर कन्चनपुरमा फाराम पाइने र बुझाउन सकिनेछ ।

कम्पनीको लिलामी शेयरमा न्यूनतम १०० रुपैयाँ वा त्यसभन्दा बढी मूलय तोकेर गोप्य बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्