लेखा समितिमा उजुरीको चाङ, अनियमितता सम्बन्धि १०० उजुरी सार्वजनिक « Arthapath.com
८ माघ २०८१, मंगलवार

लेखा समितिमा उजुरीको चाङ, अनियमितता सम्बन्धि १०० उजुरी सार्वजनिक



काठमाडौं । सार्वजनिक लेखा समितिले १०० वटा उजुरी सार्बजनिक गरेको छ । लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेलले १ सयवटा उजुरी सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषय समितिले हेर्दै आएको छ। नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टचार गरेको विषय देखि एनसेल र स्मार्ट टेलिकममा भैरहेको र हुन लागेको अर्बौं भष्ट्राचार रोक्ने सन्दर्भमा परेका उजुरी समेटिएका छन् ।

नेपाल टेलिभिजनमा ग्राफिक्स मेसिन खरिद लगायतमा भएको भ्रष्टाचारको छानविन गर्न समेत समितिमा उजुरी परेको छ । त्यस्तै मोबाइल बैंकिङ त्यता डिजिटल बैंकिङ सुरक्षामा विषयदेखि महँगो मोबाइल बैकिङ शुल्क छानबिन गर्ने सन्दर्भमा पनि छानबिन गर्न उजुरी परेको छ ।

अनियमितता सबन्धी उजुरी सार्बजनिक गर्दै सभापति पोखरेलले आवश्यकता अनुसार क्रमशः छलफल गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्