२४ भदौ २०८३, बुधबार

सहकारी

राष्ट्रिय सहकारी बैंकद्वारा बाढी प्रभावित सहकारीलाई २० लाख र उद्धार कोषमा साढे ५ लाख सहयोग

काठमाडौं। राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी सङ्घ-संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद् प्रभावित सहकारी संस्थाहरूलाई