काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नयाँ अध्यक्षमा डा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। शर्मा यसअघि तत्कालीन सहकारी विकास बोर्डमा सदस्य सचिवको भूमिकामा कार्यरत थिए। प्राधिकरणको अध्यक्ष पदका लागि कुल ६ जनाले आवेदन दिएका थिए। उक्त पदका लागि