अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर ढंगले काम गरिरहेको छ : प्रधानमन्त्री ओली « Arthapath.com
४ फाल्गुन २०८१, आईतवार

अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर ढंगले काम गरिरहेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र सुधारका लागि गम्भीर ढंगले काम गरिरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठक सांसदसँगको प्रश्नोत्तरमा यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा देखिएको समस्या एकैदिनमा नहट्ने बताए । ‘हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन र सुस्तता एकै दिनमा हट्ने पनि होइन। हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेका छौं र सुधारका केही नतिजाहरू पनि देखिएका छन्’ प्रधानमन्त्री ओलीले भने ।

अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु उचित नभएको बताए । कानूनमा भएका अप्ठ्याराहरुलाई हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने र उत्पादन बढाउने गरी सरकारले काम गरिरहेको उनले बताए ।

उनले देशको सार्वभौम साख मूल्याङ्कन बीबी माइनसले नेपाल लगानीका लागि सुरक्षित रहेको पुष्टि हुने दाबी गरे ।अन्तर्राष्ट्रिय जगतले नेपाललाई लगानीयोग्य, सुरक्षित देशको रूपमा हेर्न थालेको उनको भनाइ छ ।

कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै, महसुल भुक्तानी सहज पारिएको समेत उनले जानकारी दिए । नेपाल राष्ट्र बैंकले व्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको व्याजदर एकल अंकमा झरिसकेको र अब उ‌द्योग, व्यापार, र स्टार्टअपहरूका लागि राम्रो अवसर भएको धारणा उनले व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्