मोरंग ब्यापार संघले ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण « Arthapath.com
२० असार २०८२, शुक्रबार

मोरंग ब्यापार संघले ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण



काठमाडौं । शुक्रबार मोरंग व्यापार संघले स्वदेशी बजार संरक्षण र ट्राफिक व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ । संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई ट्राफिक व्यवस्थापनमा सहयोग पुयाउने तथा स्वदेशी बजार प्रवद्र्धनमा समेत जोड दिने अभिप्रायले जनचेतनामुलक सन्देश सहितको स्टीकर टाँसिएका १०० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक वन्दना जैनको संयोजकत्वमा विराटनगर बजारमा आज आयोजित स्वदेशी बजार संरक्षण एवं ट्राफिक व्यवस्थापन कार्यक्रम अन्र्तगत संघका अध्यक्ष नवीन रिजालले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई सो सामग्रीहरु हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा मोरंग व्यापार व्यापार संघका अध्यक्ष, पदाधिकारीहरु, कार्य समितिहरु सहित महिला उद्यम समितिकी संयोजक र सदस्यहरु र युवा उद्यम समितिका संयोजकको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्