आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई नेपाल उद्योग परिसंघले सम्मान « Artha Path
८ असार २०७९, बुधबार

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई नेपाल उद्योग परिसंघले सम्मान



काठमाडौं । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ ।

श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाईका ७ वटा हिमालको सफल आरोहण गर्नुभएको थियो । उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोण गरेकी हुन । यस्तै पटकथा र सिर्जनशिलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवार्ड जित हासिल गरेका छन् ।

परिसंघको उपाध्यक्ष समेत रहनुभएका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उनीहरुको उपलब्धीको प्रशंसा गर्दै सम्मान गरेका हुन । उनीहरुको यस सफलताले नेपालको पर्यटन प्रबद्र्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्