मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा



काठमाडौँ । मिदा सटेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवाडिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।यो सेवापछिअस्पतालमा जचाउँनबिहानै देखि घण्टौँलाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन्। यो सेवा स्वास्थ्य क्षेत्र अन्र्तगतमा मिदासटेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन रभुक्तानीगर्न सक्षम हुन हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झट बाट मुक्ति मिल्नुका साथै मयको पनिबचत हुनेछ । विश्वमाजारी कोरोना महामारीको समयमा यो सेवाझनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवाहाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान संगै अरु मिदासटेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्तामाझअन्य सरकारी तथानिजी अस्पतालहरुले समेत दीर्घकालीनउपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

मिदास टेक्नोलोजी स्वास्थ्य सूचनाप्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगतदुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्य मामिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकासगरेको छ ।मिदासले देशभरका १ सय ७० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापनपद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइलएपतथा वेभ मार्फत अनलाइन टेलिमेडिसन सेवा समेत प्रदानगर्दे आइरहेको छ । साथै, मेरो डाक्टर मोबाइल एप तथा वेभ मार्फत उपलब्ध केही पूर्ण कालीन चिकित्सकहरु सँग बिरामीले दैनिक रुपमा बिहान७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निःशुल्क परामर्श लिन सक्नु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्