मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको समुद्धघाटन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष सहित एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । कम्पनीले मुक्तिनाथ सिड बैङ्क लि, मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि, मुक्तिनाथ नर्सरी बैङ्क लि, मुक्तिनाथ लाईभस्टक बैङ्क लि, मुक्तिनाथ हर्बल बैङ्क लि, मुक्तिनाथ फूड बैङ्क लि, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि र मुक्तिनाथ ट्रेडिङ लि गरी ८ (आठ) वटा सहायक कम्पनीहरुको औपचारिक समुद्घाटन गरेको हो ।
देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र (एग्रीकल्चर् ईकोसीस्टम) बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो । स्थापना काल देखिनै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समुह, सहकारीहरुसंग सहकार्य गर्दै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भुमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको छ । गाउँको उत्पादन शहरमा, शहरको पुजिँ गाउँमा र सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानको शुरुवात गरी सोहि अनुसारका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनिले आफ्नो चौथो स्थापना दिवस मनाइरहँदा वितेका ४ वर्षहरु विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरु, भइरहेका प्रयासहरु, व्यवसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्नका लागि मुख्यत व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको छ । साथै कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरीद सुनिश्चितता (पे ब्याक ग्यारेन्टी ) गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ ।
हालसम्म कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको छ ।
कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ । जसमा बिउ बैंकल गुणस्तरीय बीउ प्रवद्र्धन, मल बैंक मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंक जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरु उपलब्धता, लाइभस्टक बैंक पशुपन्छिजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्वल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको सम्वृद्धिको लागि, मेशिनरी कम्पनी नेपाल उपयोगि औजारउपकरण उत्पादन, र ट्रेड्रिङ्ग कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामाग्रिहरुको वितरणका कार्यहरु गर्नेछन ।
जसरी बैंक तथा वित्तिय संस्थाहरुले वित्तिय मध्यस्थकर्ताको भुमिका निर्वाह गरी वित्तिय पहुँच र परिचालनका साथै युवाहरुको रोजगारीका लागि आकर्षणको क्षेत्र निर्माणमा योगदान गरेको छ, त्यसैगरी नेपालमा कृषि जस्तो वृहत र महत्वपूर्ण क्षेत्रको विकासका लागि संस्थागत रुपमा गैरवित्तिय वस्तु तथा सेवाहरुमार्फत कृषि मध्यस्थकर्ताको भुमिका निर्वाह गरी युवाहरुलाई कृषिमा आकर्षित गराउँदै कृषिको समग्र मुल्य श्रृंखला विकासमा व्यवस्थापकीय भुमिका स्थापित गर्न सहायक कम्पनीको नामाकरणमा बैंक शब्द राखिएको छ ।
कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरुको मार्फत कृषि क्षेत्रको विकासका लागि एकिकृत रुपमा नीजि क्षेत्रले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गर्न मद्दत पुग्नेछ । साथै यो अभियानले नीजि लगानीकर्ताहरुलाई संस्थागत रुपमा कृषिमा लगानी गर्नको लागि मार्गदर्शन हुनेछ भन्ने आत्मविश्वास लिएका छौ । यो संगै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाटे स्थापना भई संचालन गर्न कठिनाई भइरहेका विभिन्न कम्पनी, उद्योग, फर्महरुलाई पनि सहायक कम्पनीहरुमा समाहित गरी संचालन गर्न सक्षम हुनेछ भन्ने अपेक्षा कम्पनीले राखेको छ ।
कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरुको मार्फत कृषि क्षेत्रको विकासका लागि एकिकृत रुपमा नीजि क्षेत्रले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गर्न मद्दत पुग्नेछ । साथै यो अभियानले नीजि लगानीकर्ताहरुलाई संस्थागत रुपमा कृषिमा लगानी गर्नको लागि मार्गदर्शन हुनेछ भन्ने आत्मविश्वास लिएका छौ । यो संगै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाटे स्थापना भई संचालन गर्न कठिनाई भइरहेका विभिन्न कम्पनी, उद्योग, फर्महरुलाई पनि सहायक कम्पनीहरुमा समाहित गरी संचालन गर्न सक्षम हुनेछ भन्ने अपेक्षा कम्पनीले राखेको छ ।