‘एग्रो भेन्चर क्यापिटल’ स्थापना गर्दै पूर्व बैंकरहरु: चुक्ता पुँजी ५० करोड, सर्वसाधारणको लागि १५% सेयर
काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारि बस्तुमा आधारित उधोग ब्यवसायलाई बिकास र बिस्तार गर्ने उध्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि भईरहेको छ ।
अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही बर्ष अघिबाट प्रारम्भ भैसकेको छ । विदेशी लगानीका दुई वटा र नेपाल धितो पत्र बोर्डबाट स्वीकृत ११ वटा भेन्चर क्यापिटल अहिले कार्यरत छन ।
नेपालमा नया प्रयोग भएको तथा देखासिकि र रहरमा खुलेका कंपनिले उध्देश्य अनुसार काम गर्न सकेका छैनन् । राम्रो संभावना भएर पनि पुँजीको अभावमा धेरै उधोग व्यवसाय राम्रो चल्न सकेका छैनन् । संभावना भएका नयाँ उद्योग ब्यवसायमा जोखिम बढि हुने डरले बैकंहरु लगानी गर्न चाहादैनन् । यस्ता उद्योग व्यवसायमा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलले लगानी गर्छन।
नेपालमा संभावनाको आधारमा उधोग व्यवसाय नखुल्ने र खुलेकामा पनि पारदर्शी लेखा प्रणाली र व्यववस्थापन नहुने हुँदा हामी कहाँ खुलेका भेन्चर क्यापिटलहरुले लगानी गर्न सकेका छैनन् ।
तर, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले कृषि क्षेत्रका उधोग व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको छ । नेक्सजेन म्यानेजमेन्टले पुर्ब बैकंर, नियमक निकायका पुर्ब प्रमुख ,कृषि बिज्ञ र कृषि उद्यमीहरुसंगको निरन्तर छलफल र संभाब्यता अध्ययनपछि एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि प्रारम्भ गरेको हो ।
विभिन्न चरणको छलफल पछि प्रस्तावित कम्पनीको नाम नेपाल एग्रो भेन्चर क्यापिटल लि राख्ने निर्णय भएको नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष तथा प्रस्तावित कम्पनी एक प्रबर्धक रमेश कुमार भट्टराईले बताए ।
उनका अनुसार कम्पनीको तत्काल चुक्ता पुँजी ५० करोड र संचालनको एक बर्ष भित्र १०० करोड बनाईने भएको छ । कम्पनीमा संस्थापकहरुको लागि ८५ प्रतिशत र सर्बसाधारणको लागि १५ प्रतिशत सेयर छुट्याईने छ । संस्थापक सेयर मध्ये ४५ प्रतिशत बैंक, बिमा र सुचिकृत संस्थाको लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राईभेट कम्पनीका लागि छुट्याईने छ । प्रस्तावित भेन्चर क्यापिटल कंपनिमा सात सदस्यिय संचालक समिति हुनेछ । संस्थापकबाट पाच जना,सर्बसाधारणबाट एक जना र स्वतन्त्र संचालक एक जना हुनेछ।
नेपालमा विदेशी तथा स्वदेशी लगानीका भेन्चर क्यापिटल संचालनमा छन । तर, कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उधोग ब्यवसायको स्थापना, संचालन र प्रबर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नभएकोले यो प्रकृतिको कम्पनीको आवश्यक भएको अध्यक्ष भट्टराईले बताए ।
नेपाल कृषि प्रधान देश हो । ६५ प्रतिशत भन्दा बढि जनता कृषिमा निर्भर छन । जिडिपिमा कृषिको योगदान २४ प्रतिशत भन्दा बढि छ। कृषि क्षेत्रको विकास बिना देशको बिकास संभव छैन। जनताको जीवन स्तर र क्रय शक्ति बढाउन कृषि उत्पादन र कृषिमा आधारित उधोग व्यवसायको विकास हुनै पर्छ । तर, कृषिमा सोचे जस्तो लगानी हुन सकेको छैन । कृषिमा सरकारले दिएको सुविधा पनि टाठा बाठाले पहुचको आधारमा दुरुपयोग गरेका छन।सहि कृषक र उद्यमीले पाउन सकेका छैनन् ।
‘सरकारले कृषि क्षेत्रको विकास र विस्तार गर्ने आकर्षक र चर्को नारा दिएको त छ । तर केही गर्न सकेको छैन । त्यसैले जनस्तर र निजि क्षेत्रबाट पनि सकेको प्रयास गर्ने सिलसिलामा भेन्चर क्यापिटलको माध्यमले गर्न खोजेको छ’, भट्टराईले भने ।
धितोपत्र बोर्डबाट स्वीकृति लिई कृषिलाई प्राथमिकतामा राखेर सेक्टर वाईज फण्ड उठाएर लगानी गर्ने र संग सगैं अरु सेक्टरका उद्योग व्यवसायलाई पनि त्यसैगरि क्रमशः लगानी विस्तार गर्न सकिने अध्यक्ष भट्टराईको भनाई छ ।
प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको संभाब्यता अध्यन र आवश्यक तयारि भैसकेको छ। आउने हप्ता भित्र बैकं बित्तिय संस्था,बीमा कम्पनी, व्यक्तिगत लगानीकर्ता र निजी कम्पनीहरुलाई पनि समेटेर अघि बढ्ने भट्टराईले जानकारी दिए ।