वृज सिमेन्टले ९ महिनामै गर्यो १ अर्ब १९ करोडको व्यापार « Arthapath.com
३ आश्विन २०८१, बिहीबार

वृज सिमेन्टले ९ महिनामै गर्यो १ अर्ब १९ करोडको व्यापार



काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिजले ९ महिनामा सवा अर्बको व्यापार गरेको छ । केडिया र भारतीय कम्पनी शान्त सिमेन्टको स्वामित्वमा रहेको वृज सिमेन्टले सन् २०२४ को ९ महिनामा सो बराबरको व्यापार गरेको हो ।

इक्रा नेपालका अनुसार ९ महिनामा कम्पनीले १ अर्ब १८करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले ५७ महिनामा अर्थात् सन् २०२१ देखि हालसम्म आइपुग्दा भने ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।

सन् २०२१ मा कम्पनीले कुल २ अर्ब ९९ करोड ९० लाख रुपैयाँ व्यापार गरेको थियो । त्यसपछि कम्पनीको व्यापारमा निरन्तर गिरावट देखिएको छ । सन् २०२२ भने कम्पनीको व्यापार २ अर्ब ४९ करोड ९० लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष आइपुग्दा कम्पनीले २ अर्ब १२ करोड २० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो ।

वृज सिमेन्ट इन्डस्ट्रिज सन् २००० मा स्थापना भएको हो । हाल कम्पनीले प्रतिदिन १२०० टन ग्राइन्डिङ क्षमताका लागि अनुमित पाएको छ ।

कम्पनीमा केडिया समूहको ५० प्रतिशत र बाँकी ५० प्रतिशत स्वामित्व भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको रहेको छ ।
पन्देही जिल्लाको गोनाहामा उद्योगमा रहेको ब्रिजले मुख्यत दुई ब्रान्ड नाममा ओपिसि सिमेन्ट, पाँच ब्रान्ड नाममा पिपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । यस्तै, एक ब्रान्ड नाममा पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

हाल कम्पनीले ८९ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २८ अर्ब ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल बि प्लस रेटिङ दिएको छ । यस्तै, ६० करोड ९९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


प्रतिक्रिया दिनुहोस्