सञ्चालन आम्दानीसँगै घट्यो शिवम् सिमेन्ट्सको नाफा, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
२८ माघ २०८१, सोमबार

सञ्चालन आम्दानीसँगै घट्यो शिवम् सिमेन्ट्सको नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६१.७७ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो।

कम्पनीको सञ्चालन आम्दानी ११.८८ प्रतिशत घटेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँमा सीमित बनेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपौयँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ।

५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्