विधायन व्यवस्थापन समितिको बैठक बस्दै, नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयकमा छलफल हुने « Arthapath.com
११ आश्विन २०८१, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयकमा छलफल हुने



काठमाडौं । आज दिउँसो विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

यता, आजै बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्