गणपूरक संख्या नपुगेपछि जोशी हाइड्रोपावरको साधारण सभा स्थगित

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे साधारण सभा स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि बिहिबार अर्थात भदौ ३१ गते बोलाइएको सभा स्थगित भएको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको थियो । कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूची रहेको थियो । अब उक्त प्रस्ताव अर्का साधारण सभाले पारित गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ । साथै, संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना संचालकहरुको निर्वाचन गर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरी सकेको छ ।