नेशनल हाइड्रोपावरले बोलायो २७औं वार्षिक साधारण सभा

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा मंसिर २२ गतेका लागि बोलाएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैक्वेट बालुवाटार काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०÷८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।