सगरमाथा जलविद्युतले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन प्रस्ताव सहित पुष २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौँमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।