सुपरमाई हाइड्रोपावरले १२.६३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Arthapath.com
१८ भाद्र २०८१, मंगलवार

सुपरमाई हाइड्रोपावरले १२.६३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको भदौ १७ गते सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ५.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्