चार हाइड्रोपावरको लाभांश घोषणा, कसको बोनस र नगद कति ? « Arthapath.com
२६ भाद्र २०८१, बुधबार

चार हाइड्रोपावरको लाभांश घोषणा, कसको बोनस र नगद कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतमध्ये चार हाइड्रोपावर कम्पनीले लाभांश घेषणा गरेका छन् ।

हालसम्म माण्डु हाइड्रोपावर, भगवती, सुपरमाई, अपि पावर कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

माण्डु हाइड्रोपावर यो वर्षका लागि १२ प्रतिशत लाभांश घोषण गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भने १४.७४६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १४.७३६८ प्रतिशत लाभांश दिने भएको छ । यो वर्षका लागि कम्पनीले ४ प्रतिशत बोनस र करसहित १०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यता, अपि पावर कम्पनीले भने ९.४७३७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आावको मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरि सुपरमाई हाईड्रोपावरले १२.६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यी कम्पनीहरुको लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित हुनेछ । त्यसपछि सेयरधनीलाई वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्