बाढीका कारण खानी खोला हाईड्रोपावरको विद्युत उत्पादन बन्द « Arthapath.com
१३ आश्विन २०८१, आईतवार

बाढीका कारण खानी खोला हाईड्रोपावरको विद्युत उत्पादन बन्द



काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले खानी खोला हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन बन्द भएको छ ।

असोज ११ गते देखि देश भर परेको अविरल वर्षाको कारणले आएको भिषण बाढीको कारण कम्पनीबाट सञ्चालन भइरहेको टुंगुन – ठास्ने (४.३६ मे.वा.) तथा खानी खोला – (२ मे.वा.) आयोजनाहरुको पावर हाउसहरु तथा हेड वर्क्समा क्षति पुगेको कम्पनीले जनाएको छ ।

भौतिक संरचना तथा उपकरणहरुमा क्षति पुगि दुवै आयोजनहरु बन्द भई विद्युत उत्पादन बन्द रहेको कम्पनीले जनाएको छ ।बाढीको कारण भएको पूर्ण क्षतिको विवरण प्राप्त हुन हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्