अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.१५७ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले असोज १७ गते बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

उक्त लाभांश प्रस्ताव पारित गर्न आगामी कात्तिक १४ गते बुधवार २७औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी कात्तिक ५ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्