विन्ध्यवासीनी हाइड्रोपावरको लाभांश घोषणा, पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गारेको हो ।
कम्पनीको कार्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले यो वर्ष हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले साधारण सभामा पनि बोलाएको छ । कम्पनीले आगामी मंसिर ६ गते साधारण सभा बोलाएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लािग कम्पनीले कार्तिक २८ गते बुक क्लोज गर्ने भएको छ ।