राधी विद्युतको स्थगित सभा अब कहिले बस्दैछ ?
काठमाडौं । राधी विद्युत कम्पनीको स्थगित वार्षिक साधारणसभा अब पुस २८ गते बस्ने भएको छ । यसअघि कम्पनीको पुस १८ गते बस्ने भनिएको सभा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको थियो । अब सभा हिमशिखर पार्टी भेन्यू, चापागाँउ ललितपुरमा उक्त पुस २८ गते बिहान ८ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
सभामा, कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १: ०.६९८९ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने प्रस्ताव पनि छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।
सभा प्रयोजनको लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ ।