बुद्धभुमी हाईड्रोपावरको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो आवको तुलनामा ९१.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ९ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ ।
वित्त खर्च ५ करोड १० लाख रुपैयाँबाट घटेर ४ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च पनि १ करोड २९ लाख रुपैयाँबाट घटेर १ करोड १८ लाख रुपैयाँमा झरेको छ ।
यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)३.१३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४५.१९ रुपैयाँ र तरलता अनुपात ४८ प्रतिशत कायम भएको छ ।