विद्युत बिक्री आम्दानी बढेसँगै अपि पावरको नाफामा उछाल, इपीएस कति ? « Arthapath.com
२७ माघ २०८१, आईतवार

विद्युत बिक्री आम्दानी बढेसँगै अपि पावरको नाफामा उछाल, इपीएस कति ?



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४ हजार ४४१.६३ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन नाफा र विद्युत उत्पादनबाट हुने आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार आएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३८ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले बिजुली बेहर ६२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यसअवधिमा गत वर्ष २१ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले अहिले २२९.१० प्रतिशतले बढाएर ७१ करोड ५२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५७.९९ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।

कम्पनीको हाइड्रोपावरको जगेडा कोषमा ५५ करोड ७६ लाख रुपैयाँ जम्मा रहेको छ ।कम्पनीको अन्य इक्विटी ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्