तेह्रथुम पावरले बिजुली बेचेरै कमायो १० करोड ८८ लाख, नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तेह्रथुम पावर कम्पनीको नाफा उल्लेख्य वृद्धि भएको छ । पुसमसान्तसम्म ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिसम्म कम्पनीको खुद नाफा ५१५.३१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी समेत बढेको छ । यस अवधिसम्म कम्पनीले १० करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड १ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रशासनिक खर्च २२ लाख ६९ हजार र बिक्री खर्च २ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको वित्त खर्च ५ करोड ९४ लाख रुपैयाँबाट घटेर ३ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ ।
४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । दोस्रो त्रैमाससम्म कम्पनीले ४ करोड २२ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ४६ लाख र कुल चालु दायित्व ५ करोड ८६ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८८पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ६५ रुपैयाँ ७२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २६.८६ गुणा र तरलता अनुपात १.१० प्रतिशत कायम छ ।