एसके इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल « Arthapath.com
२८ माघ २०८१, सोमबार

एसके इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल



काठमाडौं । एसके इनर्जी डेभलपमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त क्रममा एसके इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका २० लाख ८० हजार कित्ताले हुन आउने २० करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

एस.के. इनर्जी डेभलपमेन्टले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्