ङादी ग्रुप पावरको ८.७३ लाख कित्ता सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति ? « Arthapath.com
२० फाल्गुन २०८१, मंगलवार

ङादी ग्रुप पावरको ८.७३ लाख कित्ता सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । ङादी ग्रुप पावरले आजदेखि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो ।  यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् । 

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागु २८ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 

यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, विरगञ्ज, जनकपुर र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ । 

त्यसैगरी, सिद्धार्थ बैंककै नारायणगढ, पोखरा, बाग्लुुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्