अहिले कस्तो छ मुलुकको वर्तमान अवस्था ? (पूर्णपाठ)

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स दोहोरो अंकले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यस्तै, आयात ४.२ प्रतिशतलेघटेकोर निर्यात ६.१ प्रतिशतले घटेको छ ।
यता, शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ ।
नेपाल सरकारको खर्च ३ खर्ब २९ अर्ब २० करोड र राजस्व परिचालन २ खर्ब ४८ अर्ब २६ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत रहेको छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Months-data-of-2081.82