बजेटले निजी क्षेत्र नै अर्थतन्त्रको ‘कि–ड्राइभर’ हो भन्ने पुष्टि गरेको छ : अध्यक्ष ढकाल « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

बजेटले निजी क्षेत्र नै अर्थतन्त्रको ‘कि–ड्राइभर’ हो भन्ने पुष्टि गरेको छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको धेरै सुझावहरुलाई समेटेको बताए ।

बजेटले निजी क्षेत्र नै अर्थतन्त्रको ‘कि–ड्राइभर’ हो भन्ने कुरा प्रष्टसँग बोलेको बताए । इकोनोमिक्स मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने,‘धेरै लामो समयदेखि निजी क्षेत्र आफ्नो व्यवसायिक नाफाका लागि मात्र नभई, समग्र अर्थतन्त्रको विषयमा काम र कुरा गर्छन् भन्ने तर्क गर्दै आएको थियो । तर, यसपालीको बजेटले हामीले दिएका अर्थतन्त्र सुधार सुझावहरु, नीतिगत सहजीकरण लगायतका मागहरु अधिकांश सम्बोधन गरेको छ ।’

निजी क्षेत्रले दिएको सुझावकै आधारमा धेरै कानुनहरु सुधार गरिउएको बताए । बजेट मार्फत सरकारले निजी क्षेत्रलाई निकै प्राथमिकतामा राखेको उनको भनाई छ । निजी क्षेत्रको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि नै सकरात्मक रहेको ढकालले बताए ।

बजेटले समेटिएका विषयहरु कार्यान्वयनमा आउनुपर्ने उनको माग छ । यसअघिका बजेटमा उल्लेख गरिएको विषयहरु कार्यान्वयनमा नआउने गरेको बताए । तर, यसपालिको बजेटले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बजेटले केही नयाँ आट गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्