ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मंगलबारको नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवका लागि सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा सामाजिक विकास, समृद्धि, सुशासन, हरियाली प्रवद्र्धन, आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विस्तार लगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ ।
बजेटमध्ये २ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ चालु खर्च र पूँजीगत योजनामा ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।