आधा घट्यो हिमालयन डिष्टीलरीको आम्दानी र नाफा

काठमाडौं । हिमालयन डिष्टीलरीको आम्दानी घटेपछि नाफमा गिरावट आएको छ । मदिरा उत्पादक तथा वितरक कम्पनीको आम्दानीसँगै नाफामा संकुचन देखिएको हो ।
कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ । चालु आवको ९ महिनामा कम्पनीले कुल व्यापार अर्थात् आम्दानी २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँमा सिमित भएको छ । तर, गत वर्षको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी ४ अर्ब ५३ करोड ९६ लाख रुपैयाँ बढी थियो ।
आम्दानीसँगै कम्पनीको नाफा पनि ६३.५१ प्रतिशत घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा ५७ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यो वर्षको सोही अवधिमा भने कम्पनीले २१ करोड ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यता, कम्पनीको संचालन नाफा पनि ६०.६६ प्रतिशत घटेर ३२ करोड ३६ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानीपनि २१ रुपैयाँ १५ पैसा घटेर १० रुपैयाँ ५० पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ७७ पैसा छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ५२ करोड ८२ लाख रुपैयाँ राखेको छ ।