नेपालको निर्यातलाई सहजीकरण गरिदिन चीनको सिजाङ प्रदेशका उपाध्यक्षलाई कृषिमन्त्रीको आग्रह « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

नेपालको निर्यातलाई सहजीकरण गरिदिन चीनको सिजाङ प्रदेशका उपाध्यक्षलाई कृषिमन्त्रीको आग्रह



काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा नेतृत्वको प्रतिनिधी मण्डलले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेटवार्ता गरेको छ ।

सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीनबीच कृषि क्षेत्रमा विगत देखिनै सहयोग र सहकार्य हुँदै आएको उल्लेख गरे ।

आगामी दिनमा कृषि क्षेत्रमा चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे । मन्त्री अधिकारीले नेपालवाट चीन तर्फ निर्यात गर्न सकिने वस्तुहरु मध्य चिया, नेपाली जडीबुटी एंव राँगोको मासुलाई चीनको भन्सार प्रवेशका लागि प्रकृया अघि बढेकोमा चीन सरकारलाई धन्यवाद व्यक्त गरे ।

मन्त्री अधिकारीले जडीबुटी निर्यातको लागि पनि हाल पाँच वटा कम्पनी यस प्रकृयमा दर्ता भएकाले थप सकजीकरणमा सहयोग गर्न उपाध्यक्ष वा समक्ष आग्रह गरे ।

सन २०१९ मा नेपाल चीन वीच हस्ताक्षर भएको सुन्ताला जातका फलफुल निर्यात सम्वन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यात सम्वन्धी सम्झौताको कार्यन्वयनका लागि आधारभुत आवश्यकता तयार गर्न प्राविधिक सहयोगका लागि पनि मन्त्री अधिकारीले चिनियाँ प्रतिनिधी मण्डलसँग आग्रह गरे ।

भेटवार्तामा उपाध्यक्ष वाले नेपालको चिया,जडीबुटी आदिको माग चीनभरि रहेको बताए । नेपालबाट निर्यातका लागि आफुले सहजिकरण गर्ने बताए । सुन्ताला जातका फलफुल निर्यात गर्नका लागि उपयुक्त भण्डारण स्थल आवश्यक पर्ने र यसका लागि सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे ।

नेपाली व्यवसायीहरुलाई सिजाङमा हुने व्यापारीक प्रर्दशनीमा भाग लिन आग्रह गरे । यसले उत्पादनलाई चीनियाँ बजारसम्म पुर्याउन सहज हुने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्