पशुपति एग्रोको आक्रामक बजार विस्तार, ९ महिनामै अर्बको व्यापार « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

पशुपति एग्रोको आक्रामक बजार विस्तार, ९ महिनामै अर्बको व्यापार



काठमाडौं । पशुपति एग्रो एन्ड फुड इन्डस्ट्रीजले ९ महिनामा एक अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको महिनामै एक अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको कारोबार ४९ करोड ६० लाख रुपैयाँमा सीमित थियो । तर, यो वर्ष भने व्यापार निकै बढाएको देखिन्छ ।

कम्पनीको व्यापार अघिल्लो सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँमा थियो । तर, चालु वर्षमा व्यापारमा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीले मुख्य रूपमा चामल बिक्रीमार्फत यस्तो कारोबार गरेको हो । चामलबाहेक कम्पनीको थप आम्दानी भुस, कनिका, ब्रान र सोना धानबाट भएको छ ।

कम्पनीले धान आयात गरेर प्रशोधनपछि नेपाली बजारमा ‘माइजु’, ‘सुनचरी’, ‘हिमानी’, ‘सनराइज’ र ‘डबल सूर्य’ जस्ता ब्रान्डमार्फत चामल बिक्री गर्दै आएको छ ।

सन् २०२१ मा नन–स्टिम प्लान्टबाट व्यवसाय सुरु गरेको कम्पनीले सन् २०२४ मा अर्को प्लान्ट थप गरेको थियो । हाल कम्पनीसँग प्रतिघण्टा ८ मेट्रिक टन धान प्रशोधन क्षमता रहेको छ ।

कम्पनीले ८१ करोड ३९ लाख रुपैयाँ बराबरको कर्जाका लागि क्रेडिट रेटिङ गराएको छ। जसअनुसार दीर्घकालीन कर्जाका लागि १६ करोड ३९ लाख र अल्पकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको रेटिङ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्