आइएमई ग्रुपले संचालनमा ल्यायो ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग « Arthapath.com
११ असार २०८२, बुधबार

आइएमई ग्रुपले संचालनमा ल्यायो ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग



कठमाडौं । आइएमई ग्रुपले पहिलो पटक एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा ली स्थापना गरेको छ ।

आइएमई ग्रुपले रौतहटको फतुवा विजयपुर नगरपालिका– ६ मा ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग स्थापना गरेको हो ।

बुधवार साँझ एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्योगको उद्धघाटन गरेका छन् ।

उद्योगका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको पूँजी विनियोजन गरिएको छ । चार बिघा जमिनमा फैलिएको यो उद्योगले देशकै पहिलो अत्याधुनिक सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्ने दाबी गरेको छ


प्रतिक्रिया दिनुहोस्