‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रा.लिको ‘हटपट’ ब्राण्ड चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
बजार अनुगमनका क्रममा संकलित ब्याच नं. १२७.यू२ को नमूनामा न्यून गुणस्तर भेटिएपछि विभागले बिक्री वितरण रोक्न र बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न सूचना जारी गरेको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार यस्तो कदम उठाइएको विभागले जनाएको छ।
