थप तीन कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ? « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

थप तीन कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?



काठमाडौं । असोज महिनाको पहिलो साता थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

लाभांश सिजन सुरुभएसंगै असोज पहिलो सातामासम्म तीन कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई बोनस र नगद लाभांश घोषणा गरेका हुन् ।

असोज पहिलो सातासम्म सिटिजन्स बैंक, नेपाल ल्युब आयाल र अरुण काबेली पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषण गरेका छन् ।

सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई सो लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको असोज ६ गते बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि दिने बैंकले जनाएको छ ।

यस्तै, अरुण काबेली पावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर (कर प्रयोजन बाहेक) दिने भएको हो । कम्पनीका अनुसार नगद लाभांश कर प्रयोजनका लागि मात्र हुने जनाएको छ ।

उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति भई कम्पनीको आगामी १२ औँ वार्षिक साधारणसभाले वितरण हुनेछ ।

त्यसैगरि नेपाल ल्युब आयल निगमले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्