१८ कम्पनीले डाके विशेष तथा साधारण सभा: लाभांश पारित लगायत कुनको कस्ता छन् एजेण्डा ? « Arthapath.com
९ आश्विन २०७९, आईतवार

१८ कम्पनीले डाके विशेष तथा साधारण सभा: लाभांश पारित लगायत कुनको कस्ता छन् एजेण्डा ?



काठमाडौं । डेढ दर्जन कम्पनीहरुले विशेष तथा साधारण सभाका लागि मिति तय गरेका छन् । विभिन्न १८ कम्पनीहरुले वार्षि साधारण तथा विशेष सभा आयोजना गरेका हुन् ।

अधिकांश कम्पनीहरुको साधारण सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा बनाएका छन् । सभामा केही कम्पनीको मर्जर प्रस्ताव, पुँजी वृद्धि लगायतका विषयमा छलफल गरि पारित गर्ने छन् ।

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक :

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको असोज ११ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको छ । भदौ २३ गतेका लागि बोलाएको साधारण सभामा कोरम संख्या नपुगेपछि असोज ११ गते गर्ने निर्णय संचालक समितिले गरेको थियो ।

उक्त सभामा कम्पनीको सभाको लागि आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स

सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । यी दुवै कम्पनीले मर्जर प्रक्रिया स्वीकृत गर्न एकैदिन विशेष साधारण सभा बोलाएका हुन् ।

यी दुवै आउँदो असोज ११ गते विशेष साधारण सभा गर्ने भएका छन् । कम्पनीको सञ्चालक समितिले उक्त दिन सभा आयोजना गर्ने निर्णय गरेका हुन् ।

कम्पनीको छुट्टा छुट्टै विशेष साधारण सभाले एक आपसमा मर्ज हुनेसम्बन्धी विशेष प्रस्तावलाई पारित गर्नेछ । मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पारित गर्ने सभाको मुख्य एजेण्डा रहेको छ ।

सोही सभाले चल–अचल सम्पत्त तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

सोही सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पारित गर्नेछ ।

हिमालयन इन्फ्रास्ष्ट्रक्चर

हिमालयन इन्फ्रास्ष्ट्रक्चर फण्डले असोज १२ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले अलफ्ट होटल,ठमेल काठमाडौंमा बिहान ११ः३० बजे सभा सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को आम्दानी खर्च तथा बासलात लेखापरिक्षकको प्रतिवेदन पारित गर्नेछ ।

सोही सभाले आव २०७९/८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो १३ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा बोलाउने गरेको हो ।

सभामा प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीको सभामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

यसका सभामा साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरु पारित हुनेछ ।

मेगा स्टक मार्केट्स

मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । काठमाडौं–२८ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान १० बजे साधारण सभा हुने कम्पनीले जानकारी दिएको हो ।

साधारण सभामा कम्पनीको पूँजी वृद्धि लगायत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ । नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएको छ ।

सानिमा सेक्युरिटिज

सानिमा सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । नक्सालस्थित सानिमा बैंकको सभाहलमा अपरान्ह ३ बजे विशेष साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभाले कम्पनीको अधिकृत चुक्तापूँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र आवश्यक संशोधन गर्ने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

केबिएल सेक्युरिटिज

केबिएल सेक्युरिटिजले विशेष साधारण सभा असोज २४ गते गर्ने भएको छ । काठमाडौं टंगालस्थित कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे साधारणसभा गर्ने जानकारी दिएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारणसभामा कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको इजाजत प्राप्त गर्न आवेदनका लागि पूँजी वृद्धि गर्न आवश्यक देखिएको हुँदा कम्पनीको अधिकृत चुक्ता पुँजी ६० करोड रुपैयाँ र जारीपूँजी २० करोड रुपैयाँ पु¥याउने प्रस्ताव पनि हुनेछ ।

सनी सेक्यिुरिटिज

सनी सेक्यिुरिटिज कम्पनी लिमिटेडले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंस्थित कम्पनीको रजिष्ट्रर कार्यालयमा दिउँसो ३ बजे बाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा बोनस सेयरपश्चात कायम हुने पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएको छ ।

आर्कस क्यापिटल एडभाइजर्स

आर्कस क्यापिटल एडभाइजर्सको वार्षिक साधारण सभा असोज २५ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ बजे सभा हुने भएको हो ।

सभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्ताव पारित गर्नेछ । यस्तै, आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा असोज २६ गते बोलाएको छ । भदौं ३० गते बसेको संचालक समितिको बैठकले सभा लैनचौर बैंङक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

उक्त सभाले कम्पनीको पूँजी वृद्धि गर्नेका लागि संस्थापक सेयरधनीहरुको हाल कायम रहेको चुक्तापूँजीमा शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव मूख्य एजेण्डा रहेको छ ।

साथै, सर्वसधारणका लागि आइपीओ जारी गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ । त्यस्तै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै गत आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्ने छ ।

सिबिआईएल क्यापिटल

सिबिआईएल क्यापिटलको साधारण सभा २८ गते गर्ने भएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनको लागि क्यापिटलले असोज १४ गते बुक क्लोज मिति तोकेको छ । आधारमा असोज १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सिद्धार्थ क्यापिटल

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २८ गते बस्ने भएको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो ।

उक्त सभामा गत आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता २५ प्रतिशत करसहित नगद लाभांश पारित गर्ने छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरू गर्नेछ ।

नेपाल ल्यूब आयल

नेपाल ल्यूब आयलले असोज २८ गते साधारण सभा गर्ने भएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।कम्पनीले आव २०७८/७९ को सञ्चित मुनाफाबाट कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
सभाले गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै कम्पनीको अधिकृत एवम् जारी पूँजी वृद्धि गरी १० करोड रुपैयाँ कायम गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

हाथवे स्टक डिलर

हाथवे स्टक डिलरको प्रथम वार्षिक साधारण सभा असोज २८ गते गर्ने भएको छ । सभा काठमाडौं, लैनचौरस्थित होटल एम्बास्डरमा बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेलगायत प्रस्ताव पेश हुनेछ ।

त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ कृषि कम्पनीको सभा सभा आउँदो असोज २८ गते गर्ने भएको छ । भदौं ३१ गते बसेको संचालक समितिले दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस बसुन्धारा काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हन गरेको हो ।

सभाले गत आव २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका विवरणहरु पारित गर्ने छ ।

साथै, सभाले चालु आवको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले हाल कायम चुक्तापूँजी ७० करोडको ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

अप्पर स्याङ्गे हाइड्रोपावर

अप्पर स्याङ्गे हाइड्रोपावरले असोज ३१ गते साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २१ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै नाफा नोक्सान हिसाब गर्ने पनि पारित गर्ने छ ।

यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

रु रु जलविद्युत

रु रु जलविद्युत परियोजना आउँदो कात्तिक ४ गते साधारण सभा बोलाएको छ । सभाले गत आव २०७८/७९ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले सभाभा गत आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नेछ ।

यस्तै चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारिते गर्नेछ । साधाराण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्