थप २ वटासहित १३ कम्पनीले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ? « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

थप २ वटासहित १३ कम्पनीले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?



काठमाडौं । यस वर्षका लागि लाभांश सिजन सुरु भएको छ । कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म म्युचुअल फण्ड बाहेकका १३ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आवको मुनाफाबाट यस वर्षका लागि प्राइम लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), बैंक अफ काठमाण्डू, कुमारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

यस्तै, नेपाल ल्युब आयल, बोटलर्स नेपाल तराई र बालाजुले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैंठकले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

सोल्टी होटेलले पनि गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । होटेलले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१७८९४७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस वर्षका लागि बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी साधारण सभाले पारित भएपश्चात वितरण हुनेछ ।

एनसीसी बैंकले आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश अब राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस्तै, गत आवको मुनाफाबाट कुमारी बैंकले १२.५ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.५२६३ प्रतिशत र सिटजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यी तीनै वटा बैंकले सेयरधनीहरुलाई बोनस नदिने भएका हुन् । यसमध्ये सिटिजन बैंकको लाभांश भने शुक्रबार सम्पन्न साधारण सभाबाट पारित भएको छ ।

त्यसैगरि, गत आवको मुनाफबाट रुरु जलविद्युत परियोजनाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ भने अरुण काबेलीले १० प्रतिशत बोनस सेयर र सानिमा माई हाइड्रोपावरले ५.२६३२ नगद लाभांश वितरण गर्ने भएको हो ।

यता, नेपाल ल्यूब आयालले भने २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश दिने भएको हो । जुन प्रस्तावित लाभांश आज आर्थत असोज ३० गते बसेको साधारण सभाले पारित गरिसकेको छ ।

यस वर्षका लागि बोटलर्स नेपाल बालाजुले २० प्रतिशत र बोटलर्स नेपाल तराईले भने ६० प्रतिशत नगद लाभांश मात्रै दिने भएका छन् । कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर भने नदिने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्