नेप्सेले एक जलविद्युत कम्पनी सहित पाँच कम्पनीको शेयरमूल्य समायोजन गर्यो « Arthapath.com
१५ पुष २०७८, बिहीबार

नेप्सेले एक जलविद्युत कम्पनी सहित पाँच कम्पनीको शेयरमूल्य समायोजन गर्यो



काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक जलविद्युत कम्पनी सहित पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले चिलिमे हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट र समिट लघुवित्त वित्तीय संस्थाको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले समिट लघुवित्तको बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४६० को आधारमा २५ दशमलव २९ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार १६५ दशमलव ३४ तोकेको छ ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट लिमिटेडको बुधवार कायम अन्तिम मूल्य रू. ५३७ को आधारमा ५ प्रतिशत बोनसशेयरपछिको मूल्य रू. ५११ दशमललव ४३ तोकेको नेप्सेले मञ्जुश्री फाइनान्सको बुधवार कायम अन्तिम शेयरमूल्य रू. ९३९ को आधारमा ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६७० दशमलव ७१ तोकेको हो ।

त्यसैगरी इन्फिनिटी लघुवित्तको बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ६७० को आधारमा २७ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३०७ दशमलव ७५ तोकेको नेप्सेले चिलिमे हाइड्रोपावरको ७ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ४६७ दशमलव ८१ तोकेको हो ।

नेप्सेले चिलिमे हाइड्रोपावरको बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५०२ दशमलव ९० को आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्